कोरोनाबाट गोरखामा एकजनाको मृत्यु
गोरखा : गोरखामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा नगरपालिका १३ रामशाह टोलका ३८ वर्षीय एक पुरुषको मृत्यु भएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत उनको शुक्रबार दिउँसो मृत्यु भएको उनले बताए । उच्च ज्वारो आएपछि आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचारका लागि गएका उनी थप उपचारका लागि भरतपुर अस्पताल गएका थिए ।
अस्पतालले मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । उनी रेष्टुरेन्ट सञ्चालक हुन्।
प्रतिक्रिया दिनुहोस !