कोही खान्छन्...!
कोही खान्छन् जाडोमा ऊन बेचेर,
पेट खोक्रो छ तर खोक्रोमै रमाउँछ,
यो उज्यालो आजसम्म रहने थिएन,
खान मिल्ने भए घाम र जून बेचेर।
यो हाम्रो पहिचान हाम्रो स्वाभिमान,
पुर्खाले कमाएका हुन् खुन बेचेर।
हेर म यही देशलाई, देश बनाउँछु,
यही देशको सडकमा लसुन बेचेर।