तेह्रौं दिनमा चोखिन गहुँत मागेपछि तनाव

तेह्रौं दिनमा चोखिन गहुँत मागेपछि तनाव

गोरखा : भीमसेनथापा गाउँपालिका ३ गौंडेका दण्डप्रसाद पुडासैनीको मृत्यु भएको तेह्रौं दिनको चोखिने कार्यक्रममा तनाव उत्पन्न भएपछि प्रहरी परिचालन गरिएको छ। भीमसेनथापा गाउँपालिका ४ धावाका सविन परियारले आफू पनि मृतक पुडासैनीको छोरा भएकाले चोख्याइदिन माग गरेपछि तनाव सिर्जना भएको प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए।

पुडासैनी पक्ष र परियार पक्षका गरी अहिले दुईसय जनाभन्दा धेरै युवा काजकिरिया स्थलमा आमनेसामने छन्। काजकिरियास्थलमा बाधा व्यवधान आउन नदिनका लागि तैनाथ पुडासैनी पक्ष र चोखिन पाउनु पर्ने परियार पक्ष बीच झडपको स्थिति आउन नदिन शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। 

सबिन परियारले आफू पुडासैनीको छोरा भएको तर नागरिकता बनाउँदा जालझेल गरी प्याउते दमैको नामबाट नागरिकता बनाएको आरोप लगाउँदै आएका छन्। पुडासैनी पिता कायम गरी नागरिकता पाउनु पर्ने माग उनको छ। विवाद बढ्दै गएपछि पुडासैनीले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए।

पुडासैनीको मृत्यू भएको दिन दागबत्ती आफूले पनि दिन पाउनुपर्ने भन्दै परियार घाटमा पनि पुगेका धावाका लेसन तामाङले बताए। त्यतिबेला स्थानीयले उनलाई सम्झाएर फिर्ता गरेका थिए। अहिले पनि छोरा कायम हुनका लागि कानुनी प्रक्रियामा अघि बढ्न तर धार्मिक, सांस्कृतिक संस्कारमा हस्ताक्षेप नगर्न प्रहरीले सहजीकरण गरिरहेको डिएसपी खतिवडाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.