गोरखामा सोमबारदेखि निषेधाज्ञा हट्ने
गोरखा : गोरखामा दुईसातादेखि जारी गरिएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र, कमाण्ड पोष्ट तथा सरोकारवालाहरुको बैठकले गत भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञा खुलाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।
‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर बजार र कार्यालयहरु सबै खुलाउने, तर जिल्ला प्रवेश गर्ने सीमा नाकाहरु झन कडा बनाउने निर्णय भएको छ’, बैठकमा सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले भने, ‘बजारका व्युटिपार्लर, सैलुन, चटपटे पसलहरु नखुलाउने निर्णय भएको छ।’
गोरखा नगरपालिकाको वडा नं. १३ मा कोरोना संक्रमण अन्यत्रको तुलनामा बढी देखिएकाले तत्काल सो वडा भने बन्द नै रहने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !