संक्रमण फैलंदै गएपछि भानुमा लगातार एक महिना निषेधाज्ञा

संक्रमण फैलंदै गएपछि भानुमा लगातार एक महिना निषेधाज्ञा

दमौली : समुदाय संक्रमण बढेकाले भानु नगरपालिकामा १० दिन थप निषेधाज्ञाको आदेश जारी गरिएको छ। एकपछि अर्को गर्दै समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो। 

गत साउन २७ गते यता भानुमा निषेधाज्ञा जारी छ। २७ गते नगरपालिकाले अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाएको थियो। त्यसपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो। आइतबार मात्र भानु ६ र ७ मा एकै साथ २२ जनामा संक्रमण देखिएपछि आइतबार सकिने निषेधाज्ञा लम्ब्याइएको हो। भानु नगरपालिकाको वडा नम्बर १ बाट सुरु समुदाय संक्रमण वडामा पनि विस्तार हुन थालेपछि जोखिम बढेकाले नगरपालिकाको अनुरोधमा निषेधाज्ञा आदेश जारी भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। ‘जोखिम कम गराउनका लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरिएको हो’, उनले भने। अब भाद्र २४ गतेसम्मको निषेधाज्ञाको अवधि पूरा भएमा भानु लगातार एक महिना बन्द हुने तहमा पर्नेछ।

भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले संक्रमणको जोखिम बढेकाले कन्ट्याक्ट ट्रेसिङका काममा नगरपालिका केन्द्रीत हुने बताए। ‘हाम्रो ध्यान पूरै कन्ट्याक्ट ट्रेसिङ गर्दै अरुलाई थप क्षति हुन नदिनेमा केन्द्रित छ’, उनले भने। भानु नगरप्रमुख उदयराज गौलीले सावधानी अपनाउँदा अपनाउँदै पनि नगरका विभिन्न भागमा फैलने अवस्था आएकाले संक्रमणको दर कम गराउनका लागि निषेधाज्ञा गरेर अझ संक्रमण रोक्न लागेको बताए। ‘धेरै संक्रमण बढ्न नदिन निरन्तर काम गरिरहेका छौं’, उनले भने,‘अझ बढी श्रोत साधन यसमा परिचालन गर्नेछौं।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भाद्र ३ गते एक जनामा देखिएको संक्रमणका आधारमा परीक्षण गर्दा धेरै जना संक्रमित पाइएको बताए। ‘३ गते एक पुरुषमा देखिएको थियो’, उनले भने, ‘उनको सम्पर्कमा आएकासमेत १ सय २७ जनाको परीक्षण गर्दा दुवै वडामा बढी संक्रमित भेटिए।’ 

नगरपालिकाले दुई वडामा ध्यान केन्द्रित पारेर संक्रमितको सम्पर्कमा आएकाको परीक्षण गर्ने भएको छ। ‘अहिलेको उपाय संक्रमितको सम्पर्कमा आएकाको परीक्षण नै हो’, नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले भने, ‘त्यसमा सम्पूर्ण जनशक्ति परिचालन गरेर काम गर्नेछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.