पूर्वाधार कार्यालय प्रमुख पाँच लाख ३० हजारसहित पक्राउ
बुटवल : पूर्वाधार विकास कार्यालय बाकेका प्रमुख मनिष अर्याल स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।
प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रालयको परिसरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उनलाई पक्राउ गरेको हो।
सिनियर डिभिजन इन्जिनियर अर्यालबाट स्रोत नखुलेको ५ लाख ३० हजार बरामद गरिएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !