पर्वतमा एक हप्ता सार्वजनिक यातायात बन्द

पर्वतमा एक हप्ता सार्वजनिक यातायात बन्द

कुश्मा : पर्वतमा कोरोना भाइरसको संक्रमण फैलन नदिन (सोमबार) आज राती १२ बजेदेखि सार्वजनिक यातायातका सवारी साधन संचालन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा सोमबार बिहान बसेको सर्वपक्षीय, सबैदलीय बैठकले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एक सातासम्म सार्वजनिक यातायातका साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । 

त्यस्तै छिमेकी जिल्लाबाट खाद्यान्न र अत्यावश्यक सामग्री लिएर आउने गाडिमा सवारी चालक र सहचालक गरी दुईजना मात्र जिल्ला भित्रन अनुमती दिइने भएको छ । अन्य यात्रुलाई भने प्रवेश निषेध गर्ने निर्णय भएको छ ।

बैठकले जिल्लाका ग्रामीण क्षेत्रमा पनि खाद्यान्न र अन्य तरकारी फलफूल बोकेका गाडिबाहेक यात्रुबहाक बस र जीपलाई पनि एक साता बन्द गर्ने निर्णय भएको सीसीएमसी पर्वतले जनाएको छ । सीसीएमसीका अनुसार जिल्लामा संचालित सहकारी संस्थाहरुले आन्तरिक कारोबार गरेपनि घर दैलोमा पुगेर बचत संकलन गर्ने कार्य समेत रोक्नका लागि कुश्मा नगरपालिकालाई अनुरोध गरिने भएको छ । कुश्माबजारमा मात्र झण्डै एक सयको हाराहारीमासहकारी संस्थाहरु रहेका छन् ।

बैठकले छिमेकी जिल्लामा कोरोना समुदायस्तरमा फैलिएको कारण जिल्लालाई सुरक्षित गर्न यस्ता निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।  यसैगरी विदेशवाट आउनेहरुलाई पुरानै पद्धती अनुसार पुलिङ क्वारेन्टाइनमा र छिमेकी जिल्लावाट आउनेहरुलाई सम्वन्धित पालिकाको क्वारेन्टाइनमा अनिवार्य ७ दिन राख्ने निर्णय समेत बैठकले गरेको छ । 

यस अघिदेखिनै संक्रमण समुदायस्तरमा जान नदिनका लागि नाकामा चेक जाँचमा कडाइ गर्दै अत्यावश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाइ गरिएको थियो ।  त्यही मौकालाई छोपेर पर्वतमा दाङ्गबाट आइपुगेका ४५ जना मजदुरलाई फिर्ता पठाइएका थियो । 

पर्वतमा हालसम्म १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ३ जना निको भएर फर्किसकेका छन् भने पाँचजना अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।  उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.