झन् झन् राम्री !

झन् झन् राम्री !

महिना दिनजति भएको थियो म त्यो पत्रिका पसलअघि उभिएर टेम्पो कुर्न थालेको।

गोरो वर्ण, मझौलो कदकाठी भएका ती प्रौढ व्यक्तिसँग प्रायः मेरो भेट भइरहन्थ्यो, तर प्रत्यक्षमा उनीसँग परिचय भएकै थिएन। तर, स्वभावले निकै बोलक्कड रहेछन् उनी।

‘थाहा छ तपाईंहरूलाई ? हाम्रो बाजेको बेलामा यस ठाउँमा दिउँसै स्याल कराउँथ्यो अरे। मैले त स्याल कराएको सुनिनँ तर हाम्रो घरको खोर भत्काएर घरमा पालेको कुखुरा, हाँस कति लग्यो लग्यो। बज्यै त भूतले लगेको भन्नुहुन्थ्यो। अहिलेजस्तो हो र, अलिकता टाउको दुख्नासाथ डाक्टरकहाँ जँचाउन जानुपर्ने ...! त्यो बेला त धामीझाँक्रीले यसो एउटा कुखुराको भाले काटेर मन्साइदिए पुग्यो। मर्न लागेको मान्छे पनि बाँच्ने’, पहिलोपटक उनले यो कुरा गरेको सुन्दा म अनायासै मुस्कुराएकी थिएँ।

त्यसपछिका दिनमा उनका गफ कति सुनिए कति। मैले मात्र होइन, त्यहाँ उभिएका अरू मानिसले पनि सुनेका छन्। ‘ए भाइ ...? ती बूढा मानिस यहीँका रैथाने हुन् कि क्या हो ? कुरो सुन्दा त पढेलेखेका जस्ता लाग्छन् नि ...।’ मैले एक दिन पसले भाइ एक्लै भएको बेलामा उनीसँग सोधेकी थिएँ।

‘हो दिज्जू, उहाँ यहीँका रैथाने हुन्। मैले यस ठाउँमा पसल गर्न थालेको दुई वर्ष पुग्न लाग्यो उहाँ जहिल्यै जसको अगाडि पनि यस ठाउँको बखान गरेर थाक्नुहुन्न। मलाई त माया लाग्छ। घरमा परिवारसँग बसेर पनि एक्लाजस्ता भएका छन्’, उनले जवाफ दिएका थिए।

उनको कुरा सुनेर मैले केही प्रश्न गर्न खोजेकी थिएँ तर टेम्पो आइपुगेकाले त्यो दिन मेरो मनमा पलाएको जिज्ञासा त्यसै रह्यो। एक दिन आफ्नो कुरा सुनाउने सिलसिलामा उनले पसले र त्यहाँ उभिएका अरू दुईजना मानिससँग भन्न लागे-
‘हामी भुराभुरी हुँदा बागमतीमा गएर पौडी खेल्थ्यौं। आहा... ! कति सफा सुग्घर थियो बागमती त्यस बेला। अँजुलीमा लिएर पानी पिउन पनि हुने। अहिले हेर ! हाम्रो नदीनालाको दुर्दशा। जता पुग्यो त्यतै दुर्गन्ध। यस्तो दुर्दशा भएको छ हाम्रो सम्पदा...। म त छक्क पर्छु। अझ के के दुर्दशा देख्नुपर्ने हो हामीले...।’ उनी बोलिरहँदा बेला-बेला मतिर पनि दृष्टि पुर्‍याएको ख्याल गरेकी थिएँ।

ऊ अझ के-के भन्दै थियो कुन्नि तर मेरो शरीर भने एकाएक शीतांग भयो। म केही बोल्न सकिनँ। जवाफै दिइनँ मैले। त्यसपछि म त्यस पत्रिका पसलको अघि उभिएर टेम्पो कुर्न छोडें। त्यति मात्र होइन, कहिलेकाहीँ बाटोमा हिँड्दा उनलाई परबाट आउँदै गरेको देख्दा म फनक्क फर्केर अर्काेतिर तर्किन थालें। सत्य भन्छु, मैले उनलाई घृणा गरेकी होइन तर उनलाई देख्नासाथ म भित्रभित्रै सशंकित हुन लागेकी थिएँ सायद एउटा अदृश्य मृत्युबोधले हो कि !

दिन बित्नुका साथै आफू बस्न थालेको ठाउँबारे धेरै कुरा थाहा पाइसकेकी थिएँ। पछि-पछि उनको कुरामा चासो लिएर सुन्ने श्रोताको जमातमा म पनि थपिएँ। 
एक दिनको कुरा हो, म अरू दिनजस्तै त्यस पुस्तक पसलमा पुग्दा त्यहाँ सदाझैं कोही ग्राहक देखिनँ र ती प्रौढ मानिसको उपस्थिति पनि थिएन। 

‘आज आउनुभएन त यहाँका रैथाने ?’, हाँस्दै सामान्य रूपमा पसले भाइसँग प्रश्न गरेकी थिएँ।
‘कहाँ दिज्यू..., उहाँ त हिजो बेलुका यहीँ उभिएर अरू मानिससँग कुरा गर्दै हुनुहुन्थ्यो, अचानक छाती समातेर ढल्नुभयो। कस्तो डर लागेको मलाई त, धन्य कसैले पानी छ्याप्ने र कसैले हम्कने गरेपछि ठीक हुनुभयो। आज खै कस्तो छ उहाँलाई थाहै भएन।’ पसले भाइले अघिल्लो दिनकोे घटना बेलीविस्तार लगाए। त्यो सुनेपछि नराम्रो लाग्यो।

दुईचार दिनपछि फेरि त्यही पत्रिका पसल पुग्दा ती भद्र पुरुष त पहिले-पहिलेझैं मजासँग गफ गरिरहेको पाएँ।
‘तपाईं त ठीक हुनुभएछ होइन ?’, अनायासै उनीतिर फर्केर प्रश्न गरेकी थिएँ।
‘ए...! तपाईंले पनि थाहा पाइसक्नुभयो ?’, उनी झस्किए।
‘यस्तै हो बूढाबूढी भएपछि रोगले खेदिरहन्छ, बरु त्यो दिन ढलेकै बेला सास गएको भए हुने। बाँच्न रहर छैन मलाई’, उनले विरक्तिएको स्वरमा भने। म चुप लागें।

‘हेर्नोस्, पत्नी हुँदा मेरो अनुहार हेरेपछि थाहा पाउँथिन्, मलाई सञ्चो भए नभएको’, उनले फेरि बोल्न सुरु गरे।
‘मलाई के खान मन पर्छ, अनि के काममा म खुसी हुन्छु। त्यो कुरा सबै उसलाई थाहा थियो। 
मलाई नसोधेर घरको सिन्कोसमेत यतादेखि उता सार्दैनथी। उसले लाउने लुगा म किनेर ल्याइदिन्थें। घरमा पकाउने कुरा सबै मेरो इच्छाअनुसार पाक्थ्यो। त्यस्ती स्वास्नी राति एउटै बिस्तरामा सँगै सुतेकी बिहान उठ्दा त मरिसकेकी रहिछ। एक वचन पनि ‘जान्छु है !’ भनिन।

मलाई अब ऊ गएपछि अहिले घरभरि मान्छे भए पनि म एक्लो छु। भित्तासँग कुरा गर्नुभएन ! भित्ताले मेरो मनको कुरा बुझ्दैन, भित्ताको कान पनि छैन। अनि भन्नुस् त म बाँचेको के सार... ?’
उनको त्यो प्रश्नले म निःशब्द भएकी थिएँ। त्यसपछिका दिनमा पनि उनीसँग प्रायः त्यही पसलमा भेट हुने गर्थ्यो। अब भने हामीबीच हल्का कुरा हुन थालेको थियो।

एक दिनको कुरा हो, त्यस दिन पनि म त्यही पसलअगाडि टेम्पोको प्रतीक्षामा थिएँ। 
परबाट उनी सदाझैं खुट्टा खोच्याउँदै हामी भएतिर आए। भने, ‘ओहो ! तपाईं त यो उमेरमा पनि के हो ? दिनदिनै झन् झन् राम्री पो देखिन लाग्नुभएको छ उज्याली।’
कुरा सुन्नासाथ मेरो सारा शरीरमा कसैले उम्लेको पानी खन्याइदिएको जस्तो अनुभूति भयो। त्यहाँ उभिएका अरू दुईजना मानिस र पसले भाइको अघि मलाई ज्यादै लाज लाग्यो।

मैले झट्ट मेरा किशोर वयका दुई नाति र प्रौढ वयका पतिको अनुहार सम्झें। यो मानिसले यसो भनिरहँदा उनीहरू सँगै भएको भए उनीहरूको प्रतिक्रिया कस्तो हुन्थ्यो होला...? अचानक मेरो मनमा प्रश्न उब्जिएको थियो। मेरा आँखा क्रमशः त्यहाँ उभिएका दुई मानिस र पसले भाइका आँखामा पर्न गए।
पसले भाइको अनुहार गम्भीर देखिन्थ्यो तर ती दुई अपरिचित मानिसको आँखामा थोरै भए पनि बिठ्याइँको छनक र ओठमा व्यंग्यात्मक मुस्कान स्पष्टसँग देखियो।

मैले ती प्रौढ पुरुषसँग के कस्तो व्यवहार गर्थें कुन्नि ! तर, उनैले फेरि भने आफ्नो कुरालाई विस्तार दिई ‘मेरी पत्नी पनि तपाईंजस्तै दिनप्रतिदिन उज्याली र झन् झन् राम्री हुँदै गइरहेकी थिई। उसको जाने बेला भएको रहेछ। उसको मन सफा थियो। दयालु थिई। कसैलाई पिर्दैनथिई तर हेर्नुस् ! मलाई एक वचन जान्छु है’ पनि नभनेर गई।’ ऊ अझ के-के भन्दै थियो कुन्नि तर मेरो शरीर भने एकाएक शीतांग भयो।

म केही बोल्न सकिनँ। जवाफै दिइनँ मैले। त्यसपछि म त्यस पत्रिका पसलको अघि उभिएर टेम्पो कुर्न छोडें। त्यति मात्र होइन, कहिलेकाहीँ बाटोमा हिँड्दा उनलाई परबाट आउँदै गरेको देख्दा म फनक्क फर्केर अर्काेतिर तर्किन थालें।
सत्य भन्छु, मैले उनलाई घृणा गरेकी होइन तर उनलाई देख्नासाथ म भित्रभित्रै सशंकित हुन लागेकी थिएँ सायद एउटा अदृश्य मृत्युबोधले हो कि !!!
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.