आइतबार पर्सामा ५७ संक्रमितले जिते कोरोना

आइतबार पर्सामा ५७ संक्रमितले जिते कोरोना

वीरगन्ज : पर्सामा आइतबार २४ जना कोरोना संक्रमित थप ५७ जना डिस्चार्ज भएका छन्। 

आइतबार वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाट जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर, उनकी श्रीमती रितु सिंह, १२ वर्षीया छोरासहित १३ जना डिस्चार्ज भइ घर फर्किएका हुन्।

यस्तै गण्डक अस्थायी कोभिड अस्पतालबाट ११, पोखरीया अस्पतालबाट २, पर्सागढी नगरपालिकाको मनवास्थित आइसोलेसनबाट ११ जनाले कोरोना जितेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

सँगै वीरगन्जको रानी पोखरी होटलको आइसोलेसनबाट ३, होटल विजय ज्योतिबाट एक, बहुदरमाइ नगरपालिकाको होम हाइसोलेसनबाट ५ र पोखरीया नगरपालिकाको होम आइसोलेसनबाट ६ जनाले कोरोना जितेका छन्। 

योसंगै पर्सामा कोरोन संक्रमणबाट निको हुनेको संख्या १४ सय ६९ पुगेको छ। यसअघि शनिबार ९८ जना डिस्चार्ज भएका थिए। 

अब वीरगन्जका दुई कोभिड अस्पतालमा ६२ संक्रमित उपचार गराइरहेका छन्। 

यस्तै जिल्लाका विभिन्न पालिकाका होम आइसोलेसनमा भने ९ सय २६ जना संक्रमित छन्। यस्तै अन्य निजी अस्पताल, धर्मशाला, होटल र विद्यालयमा बनाइएका सेमी आइसोलेसनमा २ सय ५४संक्रमित रहेको श्रीवास्तवले जानकारी दिए। 

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति ५ सय १० जनाको स्वाब परिक्षण गर्दा पर्साका २४ जनामा मात्र संक्रमण पुष्टि भएको थियो। पर्सामा अहिलेसम्म संक्रमितको संख्या २ हजार ४ सय १ पुगेको छ।   
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.