जीप दुर्घटना एकको मृत्यु

जीप दुर्घटना एकको मृत्यु

दमौलीः तनहुँको ऋषिङ गाउँपालिकामा आठ यात्रु सवार जीप दुर्घटनामा पर्दा एकजनाको ज्यान गएको छ । घटनामा परी चालकसहित सात जना घाइते भएका छन् । आफन्तको निधनमा भेटी लिएर गएका यात्रु सवार एक जीप ऋषिङ १ खाल्टेमा खोलामा खस्दा एकजनाको ज्यान गएको छ ।

घटनामा परी चालकसहित जना घाइते भएका छन् । चालकको अवस्था चिन्ताजनक छ । आफन्तको निधनमा भेटी लिएर गएका व्यास ५ का व्यक्ति चढेर चापाघाटबाट ऋषिङको खाल्टे जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप बिहान दिखोलामा खसेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए । 

घटनामा घाइतेमध्ये व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो । घटनामा चालक गम्भीर घाइते छन् । उनको शरीर खोला छेउमा जीपले च्यापेकामा मात्र उद्धार गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए । 'जीपले च्यापेको रहेछ, 'उनले भने, 'जीप हटाएर उद्धार गरिएको छ।'

घटनामा घाइते र मृतक अधिकांश चापाघाटकै छन् । आफन्त पर्नेहरु मिलेर गएकाले एकै ठाउँका यात्रु परेको स्थानीय अनिल श्रेष्ठले जानकारी दिए । घटनाका घाइतेमध्ये केहीको रत्नहरि र दमौली अस्पतालमा उपचार भइरहेको छ । केहीलाई नेसनल अपोलो अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.