सिडिओका चालकलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय बन्द
गोरखा : गोरखाको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकाल सम्मका लागि सेवा बन्द गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचना जारी गरी अर्को सूचना नहुञ्जेलसम्मका लागि कार्यालयबाट अत्यावश्यक सवारी सहजीकरण पत्र बनाउनेबाहेक सबै सेवा बन्द गर्ने जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारीका सवारी चालकसहित जिल्लाभर १८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएका कारण सेवा रोक्नु परेको सूचनामा उल्लेख छ ।बिरामी उपचार, मृत्यु संस्कार, सरकारी कामकाज तथा विदेश जानुपर्नेका लागि सवारी सहजीकरण पत्र उपलब्ध गराउनेबाहेक सबै काम अर्को सूचना जारी नहुञ्जेलका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाए ।
सवारी सहजीकरण पत्रका लागि इमेलमार्फत नै आवेदन लिने र इमेलमार्फत नै सेवाग्राहीलाई पत्र उपलब्ध गराउने प्रजिअ भट्टराईले बताए । ‘नागरिकता, राहदानी लगायतका कामकाज यसअघि नै स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !