पर्वतको कटुवाचौपारीमा वेवारिसे शव फेला

पर्वतको कटुवाचौपारीमा वेवारिसे शव फेला

कुश्मा : पर्वतको कुश्मा नगरपालिका - ९ कटुवचौपारीस्थित पाटेश्वरी मन्दिर नजिकै एउटा वेवारिसे शव फेला परेको छ। बुधबार दिउँसो शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार तीन/चार दिन अघि मृत्यु भएको जस्तो देखिने शव अन्दाजी ५० वर्षीय पुरुषको हो।

कालो जिन्स पाईन्ट र सेतो र रातो धर्से सर्ट लगाएका ती पुरुषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। उक्त शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ। 

पर्वतमा पहिलोपटक सुरक्षाकर्मीमा संक्रमण 

पर्वतमा पहिलोपटक एक सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाण्डौबाट सरुवा भएर आएका २८ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो। उनी सरुवा भएर आएपछि पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा रहेका थिए। 

कोरोना पुष्टि भएका प्रहरी जवानलाई पर्वतको आइशोलेशन अस्पतालमा राखेर उपचार थालिएको सिसीएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिए। योसँगै पर्वतको कोरोना संक्रमण हुनेको संख्या १ सय १० पुगेको छ। हालसम्म १ सय ३ जना उपचारपछि निको भएर फर्किसकेका छन् भने अहिले ७ जनाको आइशोलेशन अस्पतालमा उपचार भैरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.