खाली भएको कालिकाको आइसोलेसन फेरि भरिदै

खाली भएको कालिकाको आइसोलेसन फेरि भरिदै

स्याङजा : कोरोना संक्रमित उपचारपछि घर फर्केसँगै शून्य रहेको कालिका सामुदायिक अस्पताल फेरि भरिन थालेको छ। यही भदौ ९ गतेसाँझदेखि शून्य रहेको अस्पताल झण्डै २ सातापछि फेरि भरिन लागेको हो । 

केही साता सुस्त देखिएको संक्रमण फेरि भदौ २१ देखि बढ्न थालेको छ । एकैदिन संक्रमण देखिएका पुतलीबजारका २२ जनामध्ये २१ जनालाई कालिकामै राखिएको छ । त्यसपछि २४ र २५ मा पुष्टि भएका मध्ये ५ र २ जना गरी २८ जना आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कार्यकारी निर्देशक छाँयादत्त रेग्मीले जानकारी दिए। 

जेठको दोश्रो साता सो अस्पतालमा ६० सैयाको आइसोलेसन तयार पारिएको हो। गण्डकी प्रदेश सरकार र स्थानीय पालिकाको समन्वयमा आइसो‍लेसन बनाइएको हो। जेठ १६ गते ४ जना संक्रमितको उपचारवाट सुरु भएको आइसोलेसनमा असारको १३ गते ६२ जना संक्रमितको उपचार भएको थियो। 

पछिल्लो पटक भदौ ९ मा अस्पतालमा उपचाररत संक्रमित १० जनाले कोरोना जितेर घर फर्केसँगै अस्पतालमा संक्रमितको संख्या शून्य बनेको थियो। सो आइसोलेसनमा पटक पटक गरी बसेका १ सय ७१ जना सबै नै निको भएर घर फर्केको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। स्याङ्जामा संक्रमितको संख्या ३ सय ४९ पुगेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.