पर्वतको कुश्माबजार एक साता सिल गर्ने निर्णय

पर्वतको कुश्माबजार एक साता सिल गर्ने निर्णय

कुश्मा : पर्वतमा समुदायमा कोरोना संक्रमण देखिएपछि एक हप्ता कुश्माबजार सिल गरिने भएको छ । शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा सिल गर्ने निर्णय भएको हो ।

अत्यावश्यक काम बाहेक अन्य सबैजसो सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी असोज ३ गते राती १२ बजेसम्म सिल गर्ने निर्णय भएको हो । 

सिल गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन भने संचालन हुने भएका छन् । शुक्रबार क्वारेन्टाइनमै रहेका एकजना तर अर्का एकजना समुदायमा कोरोना देखिएको थियो। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पर्वतको कुश्मा नगरपालिका ३ का ६८ वर्षीय वृद्ध र वडा नं. ४ का २३ वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो । दुवैजना कन्ट्रयाक्ट ट्रेसिङमा परेको भनिए पनि उनीहरु समुदायबाट स्वाब संकलन गर्ने क्रममा संक्रमित भेटिएका हुन् । 

गत मंगलबार कुश्मा नगरपालिकामा समुदायमा कोरोना परीक्षणका क्रममा ६८ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये ४७ जनाको स्वाब परीक्षण रिपोर्टमध्ये ४५ जनाको नेगेटिभ २ जनाको पोजिटिभ आएको हो । अन्य २१ जनाको रिपोर्ट अझै आउन बाँकी छ । संक्रमितलाई कुश्माको आइसोलेसन  अस्पतालमा लैजाने तयारी भएको सीसीएमसी पर्वतले जनाएको छ ।

उनीहरुसँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यसअघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.