भारतले उपलब्ध गराएको राहत सामग्री हस्तान्तरण

भारतले उपलब्ध गराएको राहत सामग्री हस्तान्तरण

काठमाडौं : भारत सरकारले उपलब्ध गराएको राहत सामग्री हस्तान्तरण भएको छ। भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई सामग्री हस्तान्तरण गरेकी हुन् ।

टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्री नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई वितरण गरिनेछ । बाढी र पहिरोका कारण हालसालै भएको विनास र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत यो राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.