काठमाडौंका ४८३ सहित उपत्यकामा ५९७ जनामा कोरोना संक्रमण

काठमाडौंका ४८३ सहित उपत्यकामा ५९७ जनामा  कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।  यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। 

१५ हजार ११७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७३८७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन्।  क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ९ हजार १६५ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ११ सय ७३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ। यस्तै १६९ जना आइसीयू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्लामा संक्रमितको शून्य संख्या रहेको छ।

नेपालमा कोरोनाबाट हालसम्म ३४५ जनाको मृत्यु भएको छ। आइतबार मात्रै ९ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.