भोजपुरमा ५ कोरोना संक्रमित थपिए
भोजपुर : प्रहरी, बैंकका कर्मचारी र थुनुवा सहित भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीका ३ जना, राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखा एक र एक थुनुवासहित ५ जनामा कोरोना संक्रमण देखिएको हो। योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ।
कोरोना पुष्टि भएकाहरु क्रमशः ३३, २८, २७, ३९ र ४९ वर्षीय पुरुष छन्। बैंकका कर्मचारीमा संक्रमण देखिएपछि बैंकको सम्पर्कमा आएका सबैलाई १४ दिन ‘होम क्वारेन्टाइन’मा बसिदिन जिल्ला प्रशासनले आग्रह गरेको छ। संक्रमितको ‘ट्राभल हिस्ट्री’को आधारमा अन्यको पनि स्वाब परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईँटेलले जानकारी दिए।
भाद्र २४ गते षडानन्द नगरपालिकामा ५ जना र भोजपुरमा ३ गरी ८ जनामा कोरोना पुष्टि भएपछि ट्राभल हिस्ट्रीका आधार एकसय १ जनाको स्वाब विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। जसमा ९६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। त्यस्तै कन्ट्याक्ट टे«सिङका आधारमा षडानन्द नगरपलिकाका २७ जनाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। संक्रमितमध्ये ९ जना निको भईसकेका छन्।
प्रतिक्रिया दिनुहोस !