बहराइनका राजकुमार आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी

बहराइनका राजकुमार आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी

गोरखा : मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी भएका छन्। राजकुमारसहितको १८ जनाको टोली मनास्लु क्षेत्रमा आउने भएपछि स्थानीयबासी खुशी भएको चुमनुब्री गाउँपालिका १ सामागाउँका दावा नोर्बु लामाले जानकारी दिए।पर्यटन क्षेत्र धरासायी भइरहेका बेला राजकुमारसहितको टोली मनास्लु क्षेत्रमा आउँदा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो ठाउँको प्रचारप्रसार हुने लामाले बताए।
 
‘राजकुमार आउने भन्ने खबरले हामी अत्यन्त खुशी भएका छौँ’, उनले भने, ‘उहाँ आउने भन्ने खबर सुनेपछि केहीदिनअघि गाउँमा बैठक पनि भएको थियो। उहाँको भ्रमणले मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा धेरै ठूलो टेवा पुग्ने बैठकमा सहभागी भएकाहरुले विश्वास व्यक्त गरेका थिए।’ 

राजकुमारको भ्रमणपछि विश्वभर सकारात्मक सन्देश प्रवाह हुने र भविष्यमा मनास्लु हिमाल आरोहण गर्न र मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटक उल्लेख्य वृद्धि हुने अर्का स्थानीय ठिले लामाले विश्वास व्यक्त गरे। ‘बहराइनका राजकुमारले हाम्रो मनास्लुको आरोहण गरेपछि लाखौँ खर्च गरेर पनि नपाइने प्रचारप्रसार हुन्छ’, उनले भने, ‘त्यसकारण हामी असाध्यै खुशी छौं। उहाँको भ्रमणलाई सुखद बनाउन स्थानीय स्तरबाट हुने सबै सहयोग हुनेछ।’

तर भ्रमणका कारण कोरोना संक्रमण नफैलियोस् भन्नेमा स्थानीयबासी सचेत रहेका दावा नोर्बुले जानकारी दिए। ‘उहाँहरु हेलिकोप्टरमा आएर सिधै आधार शिविरमा जानुभयो भने धेरै राम्रो हुनेछ भन्ने गाउँलेको चाहना छ’, उनले भने, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण छैन। उहाँहरुको आरोहणपछि पनि यस्तै अवस्था रहनेछ भन्ने हाम्रो चाहना छ।’

राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा र डिफेन्स फोर्ससहित १५ जना तथा तीनजना बेलायती नागरिक गरी १८ जनाको टोली बुधबार नेपाल आइपुगेका हुन्। उनीहरु दुई महिनाको नेपाल बसाइमा ४,९४० मिटर अग्लो लुबुचे हिमाल र ८१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने कार्यक्रम छ।

 मनास्लु हिमालको फेदीमा रहेको गोरखाको सामागाउँ। तस्बिर : शिव उप्रेती

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.