फेवातालमा बढ्यो पानीको सतह : डुंगा सयर गर्नु अघि स्वास्थ्य सर्तकता

फेवातालमा बढ्यो पानीको सतह :  डुंगा सयर गर्नु अघि स्वास्थ्य सर्तकता

पोखरा : स्वास्थ्य सतर्कता अपनाएर पोखराको फेवातालमा शुक्रबारदेखि डुंगा संचालनमा आएका छन्। डुंगा चड्न आउने यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ। डुंगा व्यवसायीले ग्राहकको ज्वरो नाप्ने र सेनिटाइजर प्रयोग गर्न दिएपछि मात्र डुंगा सयर गर्ने व्यवस्था मिलाएका छन्। 

कोरोना संक्रमण नसरोस् भन्ने उद्देश्यले सामान्य अवस्थामा यात्रु चड्ने संख्या भन्दा आधा मात्र डुंगामा सयर गर्न पाउने व्यवस्था पनि मिलाइको छ। सामान्य अवस्थामा यात्रु डुंगामा चढ्ने संख्या भन्दा आधा मात्र यात्रु डुंगामा चढ्ने व्यवस्था मिलाइको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले जानकारी दिए। 

यात्रुले प्रयोग गरेको लाइफ ज्याकेट पनि एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखिने छ। यसरी स्यानिटाइज गरेर राखेको ज्याकेट अर्को दिन मात्र प्रयोगमा ल्याइने छ।

यो साता पोखरामा दैनिक पानी परेपछि शनिबार फेवातालमा पानीको सतह बढेको छ। पोखराको फेवाताल किनार बाराहीघाँटमा पानीको सतह बढेपछि त्यही बालबालिका साइकल खेलेर रमाइरहेका थिए। 


पोखराको फेवातालमा डुंगा सयर गर्नु अघि ज्वरो नाप्दै डुंगा व्यवसायी। 
पोखराको फेवातालमा डुंगा सयर गर्नु अघि सेनिटाइजर हातमा लगाउँदै। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.