पाँच कैदीले पाए पचास प्रतिशत कैद मिनाहा
सिन्धुली : सिन्धुलीका पाँचजना कैदीबन्दीले पचास प्रतिसत कैद सजाय मिना पाएका छन् । संविधान दिवसको अवसरमा विभिन्न अपराधमा दोषी ठहरभइ ५० प्रतिशत कैद सजाय भुक्तान गरी सकेकालाई थप पचास प्रतिसत सजाय समय मिनाह गरिएको हो ।
कैद सजायअनुसार ५० प्रतिशत समय कैद भुक्तान गरेका असल चालचलानका आधारमा पाँचजना कैदी बन्दीलाई रिहा गरिएको सिन्धुली कारागारका प्रमुख मात्रिकाप्रसाद पहाडीले जनाए ।
'कैद सजाय मिनाहा भइ रिहाइ हुनेहरुमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका धनुषा मुसहरनिया ६ निवासी देबनारायण यादव, कुटपिट र अगभंग मुद्धामा सजाय पाएका कनकपट्टी ३ निवासी जिबछ यादव र सवारी ज्यान मुद्धा खेपिरहेका जनकपुर उपमहानगरपालिका १४ निवासी रामललित महतो रहेका छन्,' पहाडीले भने ।
यसैगरी कैद मिनाहा पाउनेहरुमा सवारी ज्यान मुद्धा खेपिरहेका जनकपुर उपमहा नगरपालिका २३ निवासी नन्दनकुमार साह र चोरीको मुद्धा खेपीरहेका जनकपुर उपमहानगरपालिका ७ निवासी तबारक रायन रहेका छन् ।
उनीहरु सिन्धुली करागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । संविधान दिवसको अवसरमा कारागार कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा ती कैदीले बाँकी सजाय मिनाहा पाएका हुन्।
संविधान दिवसको अवसरमा उनीहरुसहित देशभरीबाट २ सय ८९ जना कैदीले बाँकी ५० प्रतिशत कैद सजाय मिनाहा पाइ रिहाइ भएको पहाडिको भनाइ छ ।