पर्वतको सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
कुश्मा : मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ।
पर्वतको कुस्मा नगरपालिका- १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखिनै सडक अवरुद्ध बनेको हो। दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ।
मंगलबार साँझदेखि यस क्षेत्रमा ठुलो वर्षा भइरहेको छ। वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !