नेपाली चियालाई ट्रेडमार्क

नेपाली चियालाई ट्रेडमार्क

इलाम : नेपालमा चिया उत्पादन सुरु भएको एक सय ५७ औं वर्षपछि अन्तरराष्ट्रिय बजार प्रवर्द्धनका लागि  नेपाली अर्थोडक्स  चियाको आफ्नै ट्रेडमार्क कार्यान्वयनमा आएको छ। कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषालले  इलामको सुर्योदय नगरपालिकामा मंगलबार १२ चिया उद्यमीलाई नेपाल टी क्वालिटी फ्रम हिमालयाज ट्रेडमार्क हस्तारन्तरण गरे। 

नेपाली अर्थोडक्स चियालाई प्रवर्द्धन गर्दै स्वदेशी तथा विदेशी उपभोक्तालाई नेपाली चियाप्रति आकर्षण बढाउन ट्रेडमाक कार्यान्वयन सुरु गरिएको मन्त्री भुषालले  बताए। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पहिलो चरणमा मापदण्ड पूरा गरेका १२ चिया उद्योगलाई ट्रेडमार्क उपलब्ध गराएको राष्ट्रिय  चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले बताए।  

मध्य तथा उच्च पहाडी भूभागमा उत्पादन हुने अर्थोडक्स, ग्रीन टी, तथा अन्य स्पेशीयालिटी चियाको उत्पादन प्रशोधन र बजारीकरणमा प्रयोग गर्नका लागि ट्रेडमार्कको प्रयोग सुरु भएको हो। कृषि उत्पादनमा पहिलो पटक ट्रेडमार्क कार्यान्वयन हुनु राष्ट्रिय गौरव भएको कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषालले बताए। 

नेपाली अर्थोडक्स चियाको सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ अनुसार उद्यमीलाई मापदण्ड अनुसार ट्रेडमार्क उपलब्ध गराउँदै जाने प्रदेश एक भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम बहादुर मगरले बताए। 

अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारका लागि चिया उत्पादकदेखि उद्यमीसम्मले वातावरणीय सामाजिक र सन्तुलनका लागि आचार संहिता पालना गर्नुपर्ने उद्यमीहरुको भनाइ छ। नेपालमा वार्षिक दुई करोड ५० लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.