कपिलवस्तुमा गाडी बगाउँदा बेपत्ता दुईमध्ये एक शव भेटियो
कपिलवस्तु : वाणगंगा नगरपालिका अन्र्तगत वनगाई भलवाड सडकखण्डको कोइली खोला कजवेमा बुधबार आएको बाढीले गाडी बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एउटा शव भेटिएको छ।
अर्घाखाँची शितगंगा नगरपालिका-१३ का केशवप्रसाद भाटको शव बिहीबार दिउँसो वाणगंगा नदीको सुठौली नजिक भेटिएको हो।
बाढीले बगाएर बेपत्ता भएका नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेलको भने खोजी कार्य अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारी दिए।
नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखा अन्र्तगत जितपुर फ्युज शाखाको ६ जना सवार बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीले बगाएको थियो। गाडीमा सवार ६ जनामध्ये ३ जनाले गाडीबाट निस्केर ज्यान जोगाएका थिए। गाडीसँगै बाढीमा बगेका ३ जना मध्ये २ जनाको शव भेटिएको छ।
गाडी चालक ३५ वर्षीय विद्युत कर्मचारी माधवप्रसाद पाण्डेको शव फेला बुधबार साँझ फेला परेको थियो। बाढीमा बगेको गाडीका सवार विद्युत कर्मचारी २७ वर्षीय विजय पोख्रेल, ५९ वर्षीय परशुराम थारु र भर्तापुर आधारभूत विद्यालयकी शिक्षिका २५ वर्षीय कोपिला अधिकारीले गाडीबाट निस्केर ज्यान जोगाएका हुन्। 
प्रतिक्रिया दिनुहोस !