वृद्धाभत्ताका लागि ७७ वर्षमा नागरिकता !

वृद्धाभत्ताका लागि ७७ वर्षमा नागरिकता !

गोरखा : नागरिकता नभएका कारण ७७ वर्ष सम्म  वृद्धभत्ताबाट बञ्चित एक महिलाले नागरिकता प्रमाणपत्र पाएकी छिन्। धार्चे गाउँपालिका–६ यार्साकी असरी घलेले दुईदिन लगाएर सदरमुकाम पुगी बिहीबार नागरिकता प्रमाणपत्र लिएकी हुन्। 

उनलाई प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र प्रदान गरे। सातवर्ष अघिदेखि पाउनु पर्ने वृद्धभत्ता नागरिकता प्रमाण-पत्र नभएका कारण नपाएकाले दुई दिन खर्चेर बोकिएर सदरमुकाम आएको घलेको भनाइ छ। नागरिकताको महत्व नबुझेका कारण यत्तिका उमेरसम्म नबनाएको उनको भनाइ छ। 

नागरिकता किन बनाउनुपर्छ, फाइदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा वृद्ध महिलाले अहिलेसम्म नागरिकता नबनाएको बताइन्। ‘आरुघाट गाउँपालिकाको सोतीसम्म बोकेर ल्याएका हौँ’, उनका आफन्त नुर्बु घलेले भने, ‘वृद्ध मान्छे हिड्न सक्नुभएन, बोकेर ल्याएका हौँ।’ 

दुई दिन लगाएर सदरमुकाम आएकी असरी घले नागरिकता पाएपछि खुसी भएकी छिन्। उनलाई नागरिकता बनाउन सदरमुकामसम्म आउनका लागि स्थानीय नुर्बु घलेले आर्थिक सहयोग गरेका छन्। दुई नाती नातीनीसहित आउँदा घले परिवारको आउजाउमा १५ हजार लाग्ने अनुमान छ।

नागरिकता नभएको बारे परिवारका सदस्यलाई पनि हेक्का नहुँदा अहिलेसम्म बन्न नसकेको थिएन। स्थानीय भाषा मात्रै बोल्न सक्ने असरीलाई अब फेरि एकदिनको बाटो बोकेर लैजानुपर्ने बाध्यता परिवारलाई छ।

उनका लागि ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउन कागजी प्रक्रिया अघि बढाउने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.