बिही गाउँमा गुपचुपमै श्रृङ्खलावद्ध हत्या : प्रहरीले थाल्यो अनुसन्‍धान

बिही गाउँमा गुपचुपमै श्रृङ्खलावद्ध हत्या : प्रहरीले थाल्यो अनुसन्‍धान

गोरखा : गोरखाको बिही गाउँमा भएका श्रृङ्खलावद्ध हत्याका घटनाको बारेमा सोधपुछ गर्न नेपाल प्रहरीले सुरु गरेको छ। सोधपुछका लागि प्रहरीले चुमनुब्री गाउँपालिका–५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखामा झिकाएको छ।

चार दिनको पैदलयात्रापछि वडाअध्यक्ष गुरुङ शुक्रबार जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका छन्। केही दिनअघि कुटपिटपछि मृत्यु भएकी ङिमा साङमोको घटनाको बारेमा सोधपुछ गर्न उनलाई बोलाएको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए।

वडाअध्यक्षसितको सोधपुछको आधारमा घटनाको विषयमा थप अनुसन्धान सुरु गर्ने एसपी गुरुङले बताए। ‘वडाअध्यक्षज्यू आज सम्पर्कमा आइपुग्नु भएको छ’, उनले भने, ‘हामी पहिलोचरणमा केही दिनअघिको घटनाको बारेमा अनुसन्धान गर्छौँ। त्यसपछि पुराना घटनाको अनुसन्धान गर्छौँ।’

दुईसाताअघि निर्घात कुटपिटपछि बिहीगाउँकी ५० बर्षीय ङिमा साङ्मोको मृत्यु भएको स्थानीयबासीले बताएका थिए। साथै यसअघि पनि सो गाउँमा आधारदर्जनभन्दा धेरैको हत्या तथा रहस्यमय मृत्यु भएको तर सबै गुपचुप रहेको बारे अन्नपूर्णपोस्ट् दैनिकमा समाचार प्रकाशन भएको थियो। 

गत असोज ६ गतेको अन्नपूर्ण पोस्ट्मा ‘श्रृङ्खलावद्ध हत्या गुपचुप’ शीर्षकमा समाचार प्रकाशन भएपछि प्रहरीले घटनाको बारेमा अध्ययन अनुसन्धान प्रक्रिया सुरु गरेको थियो। 

‘प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा अध्ययन टोली गठन गरेर घटनाको बारेमा अध्ययन प्रक्रिया सुरु भइसकेको छ’, एसपी गुरुङले भने। घटना बारे कसैबाट पनि जाहेरी नआएकाले अनुसन्धान प्रक्रियामा समस्या आएको प्रहरीले जनाएको छ। 

‘भुसको आगो’ बनेका यस्ता घटनाको बारेमा गाउँभित्र चर्चा भएपनि आक्रमणको शिकार बन्ने डरत्रासका कारण स्थानीयबासी सार्वजनिक रुपमा बोल्न चाहँदैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.