चिनियाँ दूतावासअगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन

चिनियाँ दूतावासअगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन

काठमाडौं : हुम्लामा नेपाली भूमि मिचेर भवन निर्माण गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन्। सोमबार बिहान काठमाडौंको बालुवाटारस्थित दूतावास अगाडि नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा विरोध प्रदर्शन भएको हो। 

आफ्नै भूमिमा फर्की चीन लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन्।  'चिनौं सीमाना, जोगाऔं माटो' अभियान अन्तर्गत चिनियाँ दूतावासअगाडि प्रदर्शन गरिएको नेविसंघका नेता मनिष सिम्खडाले जानकारी दिए। 

प्रदर्शनका क्रममा प्रहरीले नेविसंघ नेता नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.