विद्यालयमै धमाधम पढाइ

विद्यालयमै धमाधम पढाइ

गोरखा : छ महिनादेखि बन्द रहेका गोरखाका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रहमा, कतिपय विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।जिल्लाको ११ वटै पालिकाका ५० प्रतिशत भन्दा धेरै विद्यालयले विद्यार्थी बोलाएरै पढाउन सुरु गरेका शिक्षा विकास तथा समन्वय इकाइका सुवास आचार्यले जानकारी दिए । 

‘पालुङ्टार र सिरानचोक गाउँपालिकाका विद्यालयमा पढाइ भइरहेको हामीले नै देख्यौँ’, उनले भने, ‘सिकाइ केन्द्र भनेर होस् वा जे जे नाम गरेर भए पनि विद्यालय चलेका छन् ।’ गोरखा नगरपालिकामा भर्ना गर्ने भन्दै र पुस्तक वितरण गर्ने भन्दै विद्यार्थी बोलाएर पढाइ हुने गरेको जानकारी आएको शिक्षा शाखाका धु्रव अर्यालले जानकारी दिए । 

‘हामीले विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन सुरु गर्नू भनेका थिएनौँ, तर कतिपय विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन सुरु भएको छ भन्ने अनौपचारिक रुपमा जानकारी आएको छ’, अर्यालले भने, ‘लामो समय बन्द भएको विद्यालयलाई सुचारु गर्ने बारे छलफल गर्न मंगलबार नगर शिक्षा समितिको बैठक भयो । विद्यालय सञ्चालन गर्न जिल्ला स्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रसित अनुमति माग्ने निर्णय भएको छ ।’

पालुङटार नगरपालिकामा गत आइतबारदेखि नै विद्यार्थी बोलाएर पठनपाठन सुरु भएको छ । ‘संघ सरकारले सिकाइ केन्द्र बनाएर पढाउनू भनेको थियो । चौतारामा पढाउनु भन्दा विद्यालयलाई मूल सिकाइ केन्द्र बनाएर पढाउन उपयुक्त हुने देखिएकाले विद्यालयमा नै पढाइ भएको छ’, मेयर दिपकबाबु कँडेलले भने ।

त्यस्तै सिरानचोक गाउँपालिकाले पनि पठनपाठन सुरु गरिसकेको छ । यसलाई बुधबार बैठक गरी अहिलेकै पठनशैलिलाई वैध बनाइने गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिए । बारपाक सुलीकोट, धार्चे, आरुघाट, भीमसेनथा, सहिद लखन, गण्डकी लगायतका सबै पालिकामा पठनपाठन सुरु भइसकेको छ । कुनै विद्यालयले गत आइतबारदेखि, कतिपयले मंगलबारदेखि पठनपाठन सुरु गरेको जनाएका छन् । 

‘विद्यालय छ महिनादेखि बन्द छन् । खुलाउने कुनै निश्चित छैन । शिक्षक विद्यार्थी संघ सरकारको निर्देशन कुरेर बस्दाबस्दा हैरान भए’, आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल भन्छन्, ‘त्यसैले संघीय सरकारले भने अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै पढाउँदै गर्न थालेका छन् ।’ 

भीमसेन थापा गाउँपालिकाले पनि मंगलबारको बैठकले पठनपाठन सुचारु गर्ने निर्णय गरेको अध्यक्ष इश्वर पाण्डेले बताए । ‘सानो समूह बनाएर आलोपालो गरी पढाउन सुरु गर्ने निर्णय भएको छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.