हिमाली भेगमा गहुँ रोप्ने सिजन सुरु
गोरखा : उत्तरी गोरखाको छेकम्पारमा गहुँ रोप्ने सिजन सुरु भएको छ। बिगत एक सातादेखि त्यहाँका फराकिला फाँटमा गहुँ रोप्न सुरु भएको वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन्।
छेकम्पारको मुख्य खेती गहुँ, फापर र आलु हो। ती खेती भर्खरै मात्र भित्र्याइएको हो। तीनहजारदेखि तीन हजार पाँच सय मिटरसम्म उचाइ रहेको यहाँ एक वर्षमा एकखेती मात्र हुने गर्छ।
स्थानीय उत्पादनले बढीमा चारदेखि छ महिनासम्म मात्र पुग्ने स्थानीयबासी बताउँछन्। वर्षभरका लागि तिब्बतको जोङ्गा तथा केरुङ सहर तथा गोरखा सदरमुकामबाट दैनिक उपभोग्य सामान ल्याउने चलन छ। 
प्रतिक्रिया दिनुहोस !