भरतपुरमा दुर्घटना : एकको मृत्यु, सात घाइते

भरतपुरमा दुर्घटना : एकको मृत्यु, सात घाइते

चितवन : चितवनमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नंको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना५०प ४५५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए। मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताए। उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.