अस्पतालका चिकित्सक र सुरक्षागार्डसहित ५ जनामा कोरोना

अस्पतालका चिकित्सक र सुरक्षागार्डसहित ५ जनामा कोरोना

दमौली : तनहुँको बेलचौतारास्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंबाट फर्केकी एक ल्याब टेक्निसियनमा बिहीबार संक्रमण भेटिएपछि अस्पताल नै बन्द गरेर ५० जनाको स्वाब संकलन गर्दा ५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अस्पतालका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारीमा संक्रमण देखिएको छ। अस्पतालले सबै स्वास्थ्यकर्मी तथा कर्मचारी कन्ट्याक्ट ट्रेसमा परेपछि आकस्मिकसहितका सबै सेवा बन्द गर्दै आएको छ। उसले बिहीबारबाट अर्को सूचना नभएसम्मका लागि भनेर सेवा बन्द गरेको थियो। 

अस्पतालमा हाल सरकारी आइसोलेसन पनि सञ्चालन भइरहेको छ। सबै स्वास्थ्यकर्मी कन्ट्याक्ट ट्रेसिङमा परेकामा अब नेगेटिभ आएकाहरुबाट सेवा दिने तयारी गरिएको केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए। ‘अवस्था हेरेर संक्रमितलाई आईसोलेसनमा राखेर सेवा दिन सकिन्छ कि भनेर सोचेका छौं,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.