छोराले गरे बावुको हत्या
गुल्मी : जिल्लाको ईस्मा गाउँपालिका–४ दोहोलीका अनिल बस्नेतले धारिलो हतियार प्रयोग गरी आफ्नै बावुको हत्या गरेका छन् । ६० वर्षीय बावु दिलबहादुर बस्नेतका २५ वर्षीय छोरा अनिल बस्नेतले आइतबार साँझ हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउको र मुखमा चोट लागेका बस्नेतलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
मदिराले मातेर घरमा आएका अनिलले बावुसँग झगडा गरी धारिलो हतियारले हानेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बावुको आक्रमणपछि अनिल फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !