बुवा भेट्न अस्पताल गएका छोराको कोरोनाबाट मृत्यु

बुवा भेट्न अस्पताल गएका छोराको कोरोनाबाट मृत्यु

दमौलीः आफ्ना बिरामी बुवा भेट्न गएका भीमाद ६ का ७१ वर्षीय वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ । उनी ९८ वर्षीय बुवा भेट्न चितवन मेडिकल कलेज गएका थिए । त्यसक्रममा बुवा र भाइलाई कोरोना संक्रमण देखिएपछि वृद्धमा पनि संक्रमण भेटिएको थियो । भाइकै घरमा होम आइसोलेसन बसेका उनलाई गाह्रो भएपछि उपचारका लागि अस्पताल लैजाने तयारी भइरहँदा चिकित्सकले उनलाई मृत घोषणा गरिदिए।

उनका बुवा भने हाल राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत छन् । ती वृद्धको चितवनको देवघाटमा नेपाली सेनाले अन्त्येष्टि गरेको निकट आफन्तले जानकारी दिए । भीमाद नगरपालिकाका स्वास्थ्य प्रमुख मनराज बरालले आधिकारिक जानकारी आइ नपुगे पनि कोरोना संक्रमणबाट मृत्यु भएको परिवारले जानकारी दिएको बताए । 'परिवारका सदस्यले संक्रमणबाट ज्यान गएको भने पछि हामीले उहाँलाई चितवन जाँदा प्रयोग गरेको सवारीका चालकबारे खोजी गरेका छौं,' उनले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.