चिनजानकै महिलाबाट ६ वर्षीय बालक अपहरण, १७ घन्टापछि सकुशल उद्दार

चिनजानकै महिलाबाट  ६ वर्षीय बालक अपहरण, १७ घन्टापछि सकुशल उद्दार

दमौलीः व्यास ४ वागभञ्ज्याङमा खेल्दै गरेका ६ वर्षीय दिप्सन श्रेष्ठ मंगलबार दिउँसोबाट बेपत्ता भए । प्रत्यक्षदर्शीले एक महिलाले लिएर गएको भने पछि परिवार आत्तियो । साँझसम्म केही खबर नपाएपछि अपहरणको आशंकामा परिवारले खोजीका लागि प्रहरीमा मौखिक उजुरी पनि दियो । 

दिउँसो ३ बजे बेपत्ता बालकलाई प्रहरीले १७ घण्टापछि बुधबार महिलासँगै भेटाएको छ । घटनालगत्तै अपहरणकै आशंकामा खोजी थालेको प्रहरी रातभरमा महिलाको पहिचान गर्दै बुधबार बिहानै उनको माइती पुग्यो । 

तर त्यहाँ पुग्दा उनी र बालक दुवै थिएनन् । कास्कीको पोखरा उपमहानगरपालिका बहुमारास्थित माइतीमा पुगेकी २० वर्षीया सबिता परियारलाई त्यसको केही घण्टाभित्रै प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि चेकजाँचका क्रममा पक्रेको हो । 'घटनालगत्तै हामीले खोजी अभियान तीव्र पारेका थियौं,'प्रहरी उपरीक्षक अरुण पौडेलले भने, 'अहिले पक्राउ गरेर अनुसन्धान थालेका छौं ।'

प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार लैजाने व्यक्ति र ठाउँको पहिचान भइसकेपछि प्रहरी टोली पक्राउ गर्न गएका बेला उनी त्यहाँबाट हिँडिसकेको सूचना पाएपछि प्रहरीले राजमार्गमा चेकजाँच बढाएको थियो । 'बहुमाराबाट हिंडिसकेको पाएपछि राजमार्गका ठाउँठाउँमा चेकजाँच गर्दा दमौलीमा पक्रेका हौं,' उनले भने । 

परिवारले छोटो समयमै प्रहरीले तदारुकता देखाएको भन्दै प्रशंसा गरेको छ । 'मौखिक जाहेरीका भरमा छोटो समयमा प्रहरीले सफलता पाएको छ, 'उनले भने, 'हामी निकै खुशी छौं ।'

चिनजानकै थिइन् महिला

पक्राउ परेकी महिलाले आफ्नो छोरासँग भेटाउन बालकलाई लगेको भने पनि उनको व्यवहारले घटना अपहरणजस्तै देखिएको भन्दै परिवारले अपहरण उद्योगमा जाहेरी दिने तयारी गरेको छ ।अधिवक्तासमेत रहेका श्रेष्ठले भने, 'प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

अपहरण नै भएकाले जाहेरी दर्ता गर्दैछौं ।' घरमा खेलिरहेका दिप्सनलाई चिज बल्स दिएर परियारले आफैसँग लगेकी थिइन् । यसअघि पनि आइरहने भएपनि परिवारलाई थाहै नदिइकन लगेकाले बालकका आफन्तले अपहरण भएको आशंका गर्दै खोजि गरिदिन प्रहरीमा मौखिक निवेदन दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.