कर्मचारीमा कोरोना देखिएपछि गोरखाका दुवै नगरपालिका र विद्यालय बन्द
गोरखा : कर्मचारी र समुदायमा कोरोना संक्रमण फैलिएपछि गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ । दुवै नगरपालिकाले सूचना प्रकाशित गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बन्द गरेका जनाएका हुन् ।
गोरखा नगरपालिकाको ६ का एकजना कर्मचारीमा आइतबार कोरोना पुष्टि भएको थियो । उनी दुईदिनअघि कार्यपालिकाको कार्यालयमा गएका धेरैसँग सम्पर्क भएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।
नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको पन्तले जानकारी दिए। पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित सूचनामा कार्यपालिकाको आइतबारको बैठकले पालिका र दसवटै वडाहरु कात्तिक १ गतेसम्मका लागि अत्यावश्यक सबै काम बन्द गर्ने निर्णय गरेको छ।
त्यस्तै पालिकाभित्रका सबै विद्यालय मङ्सीर ६ गतेसम्म बन्द गरेको जनाइएको छ । पालुङ्टार नगरपालिकाको ५ र वडा ८ का कर्मचारीमा पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस !