पितृपर्व
लुइस ग्लुक ।
अहिले पनि भूदृश्य एकत्रित भइरहेको छ
आफ्ना नीलो जुवामा निदाउँछन्
बालीहरू काटेर सुग्घर पारिएका
एकनासे मुठा बनाएर
सडकछेउ चाङ पारिएका छन्
पहेंला गुलाबहरूका माझमा
दन्ते जून उदाइरहेका बेला
यो बाँझोपन हो
बाली वा महामारीको
गृहिणी झ्यालबाट निहुरेर
हात अघि पसारिरहेकी छन्
भुक्तानीका लागि जस्तै
र बीउहरू
विशिष्ट, सुनौला, बोलाइरहेका
यता आऊ
यता आऊ, बाबु
र आत्मा घिस्रिँदै बाहिरिन्छ रुखबाट।
यस वर्षको नोबल पुरस्कार विजेता।
नेपाली अनुवाद : युयुत्सु आरडी शर्मा