मजदुरले बिदा पाएन
फेरि निधारले दसैंको टीका पाएन
बाँझो जमिन जस्तो बाँझै रहिरह्यो
घुमाउरो बाटो भएर समय आयो
जिन्दगीले जवाफ सिधा पाएन।
गरिबीको हद हेर्न आइपुग्यौ आज
कफन पाएन लासले चिता पाएन।