मठ मन्दिर बन्द : चर्चमा भीडभाड !

मठ मन्दिर बन्द : चर्चमा भीडभाड !

गोरखा : कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिर बन्द गरेको छ। तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन्। ११ वटै स्थानीय तहमा हरेक शनिबार चर्च तथा सच्चाइ निरन्तर रुपमा चलिरहेको विश्वासीहरु बताउँछन्।

लकडाउनभन्दा केही अघिदेखि सुरु भएको पालुङ्टार नगरपालिका ९ सिस्नेरीको सच्चाइ हालसम्म निरन्तर रुपमा चलिरहेको सो सच्चाइका सदस्य टेकबहादुर सुनारी बताउँछन्।

‘हाम्रो सच्चाइ लकडाउन भन्दा केही अघिदेखि सुरु भएको हो’, उनी भन्छन्, ‘अहिलेसम्म निरन्तर चलिरहेको छ।’ ३५ देखि ४० जनासम्मका विश्वासी सच्चाइमा भेला हुने उनले बताए। ‘हाम्रो गाउँका विश्वासीहरु सबै आउँछन्’, सुनारी भन्छन्, ‘एकपटकमा ३५ देखि ४० जनासम्म भेला हुन्छन्।’ वडा नं. ९ को तीनठाउँमा सच्चाइ चल्ने उनले बताए।

त्यस्तै हरेक शनिबार चर्चमा भेला भएर गरिने प्रार्थना पनि निर्वाध रुपमा चलिरहेको विश्वासी बताउँछन्।

सबैभन्दा धेरै गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका सच्चाइ तथा चर्च सञ्चालनमा छन्। ती पालिकाका एउटै वडामा तीन भन्दा धेरै ठाउँमा सच्चाइ सञ्चालनमा रहेको विश्वासी बताउँछन्। 

बारपाक सुलीकोट ४ स्थित हिमाली चट्टान चर्च।

स्तै सिरानचोक गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिकाका सवै वडामा सच्चाइ सञ्चालनमा रहेका छन्। अन्य पालिकाको भने कुनैकुनै वडामा मात्र चर्च र सञ्चाइ सञ्चालित छन्।

कोभिड १९ को संक्रमण न्यूनिकरण तथा रोकथामको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय गोरखाले हिन्दू र वुद्ध धर्मावलम्बीका मठमन्दिर बन्द गर्न बारम्बार सूचना जारी गरेको छ। 

जिल्लाको सबैभन्दा ठूला गोरखकाली, गोरखनाथ र मनकामना मन्दिर कोरोना महामारी सुरु भएदेखि नै बन्द छन्। आइतबार पुन सूचना प्रकाशित गरेर यी दुई मन्दिर कडाइका साथ बन्द गर्न जिल्ला प्रशासन कार्यालयले फेरि सूचना जारी गरेको छ।

 ‘जिल्लाका तीन ठूला गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा सर्वसाधारणको प्रवेशमा निषेध गर्नु गराउनु हुन’, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

सार्वजनिक यातायातमा कोचाकोच यात्रा गर्न खुला गर्ने, चर्च, सच्चाइ नियमित चल्ने तर मठमन्दिरमा पूजाआजा गर्न निषेध गर्नु रहस्यमय रहेको भन्दै सर्वसाधारणले आलोचना गरेका छन्। 

चर्च र सच्चाइ सञ्चालनमा रहेको बारे आफूहरु अनभिज्ञ रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री बताउँछिन्। ‘सच्चाइ सञ्चालनमा छ भन्ने हाम्रो जानकारीमा छैन त्यसैले निषेध नगरेका हौं’, उनले भनिन्।

गत चैत महिनादेखि बन्द रहेको गोरखाको मनकामना मन्दिर।

बारपाक सुलीकोट ४ स्थित हिमाली चट्टान चर्चका विश्वासी। तस्बिर : शिव उप्रेती

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.