कोरोनाबाट बीपी प्रतिष्ठानकी महिला कर्मचारीको मृत्यु
धरान : कोरोना भाइरस संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु भएकी उनी प्रतिष्ठानको महिला होस्टेलकी इन्चार्ज हुन्।
प्रतिष्ठानका सहायक प्रवक्ता डा. आषिश श्रेष्ठका अनुसार कोरोना पोजिटिभ देखिएपछि ती कर्मचारी कात्तिक ३ गते अस्पताल भर्ना भएको गरिएको थियो । शवको व्यवस्थापनको पहल भइरहेको डा. श्रेष्ठले बताए ।
योसँगै सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ भने संक्रमितको संख्या ४ हजार ५ सय दश पुगेको छ । जसमध्ये एक हजार ८ सय ७३ जना निको भइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए ।
सुनसरीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भएसँगै अस्पतालले भर्ना लिन नमानेपछि २ हजार संक्रमित होम आइसोलेसनमै छन् ।
प्रतिक्रिया दिनुहोस !