गोरखाका सीडीओसहित ३२ जनालाई कोरोना संक्रमण
गोरखा : गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब परीक्षणको क्रममा ४४ वर्षीय प्रजिअ भट्टराई दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रजिअसहित गोरखा जिल्लाको ३२ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकाका १० जनामा, पालुङ्टार नगरपालिकाका सातजनामा, अजीरकोट गाउँपालिकाका सातजना, शहीद लखन गाउँपालिकाका चारजनामा र आरुघाट गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !