अन्तुमा भरिभराउ पर्यटक

अन्तुमा भरिभराउ पर्यटक

इलाम : इलामको पर्यटकीय अन्तु, कन्याम, माईपोखरीलगायत स्थानमा चाडवाडको समयमा आन्तरिक पर्यटकको चहलपहल वृद्धि भएको छ। कोभिड—१९ को कारण शून्य बनेका पर्यटकीय गन्तव्यमा देशका विभिन्न स्थानका पर्यटक आउन थालेका हुन्।  

अन्तुका होमस्टे सञ्चालक खगराज घिमिरेले सूर्योदयको दृश्य हेर्ने सिजन सुरु भएसँगै यहाँका होमस्टे, होटल भरिभराउ हुन थालेका छन्। पर्यटकलाई व्यवस्थापन गर्न अन्तुका व्यवसायीलाई समस्या हुन थालेको छ। 

भीडभाड र असुरक्षित व्यवस्थापनका कारण अन्तुमा पर्यटकसँगै कोभिडको प्रकोप बढ्ने खतरा देखिएको अन्तु पुगेर सूर्योदयको दृश्य हरेरेर फर्केका लोचन प्रधानले बताए। उनले भने, ‘बिहान घाम हेर्न जानेको मुखमा माक्स र सामाजिक दूरी कतै देखिएन।’

ग्रामीण पर्यटनको अभ्यास गरिरहेको इलामका आकर्षक गन्तव्य अन्तुका बासिन्दा एक दशकभन्दा बढीदेखि स्वदेशी र विदेशी पर्यटक भित्र्याउन कस्सिएर लागेका छन्। केही वर्ष अन्तु महोत्सवका वार्षिक शृंखला पार गरेपछि पछिल्लो समय पर्यटकका लागि यो प्रमुख गन्तव्यको सूचीमा पर्न थालेको भए पनि कोभिड—१९ को महामारीले पर्यटन व्यवसाय खुम्चिएको थियो। स्थानीय पर्यटन व्यवसायी धनकुमार आलेले सुनाए, ‘चाडबाडका मुखमा भने चहलपहल बढेको छ।’ कात्तिक महिनामा हुने सिजनल पर्यटकले अन्तुको रौनक फेरिएको स्थानीय बताउँछन्। तर, पर्यटकसँगै पाहुना बनेर आउन सक्ने कोभिडको त्रास पनि उत्तिकै रहेको व्यवसायी बताउँछन्। 

सूर्योदय, होमस्टे, चियाबारीको रमाइलोपन तथा अन्तु पोखरीको मनमोहक दृश्यमा मन भुलाउन पनि पर्यटक आउने गरेको अन्तु पर्यटन समितिका संस्थापक अध्यक्ष धनकुमार आले बताउँछन्। अन्तु सूर्योदयको दृश्य हेर्न मात्र पर्यटक आउँदैनन् लोपोन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन र अध्ययनका लागि पनि बर्सेनि सयौं पर्यटक आउने गरेको लेप्चा जाती उत्थान समितिका सदस्य चन्द्रकुमार लेप्चा बताउँछन्।

साना ठूला गरेर अन्तुमा ४२ वटा होमस्टे सञ्चालनमा छन्। केही आकर्षक रिसोर्ट र होटल पनि सञ्चालनमा छन्।  पिकनिक स्पटका रूपमा विकास भएको कन्याममा पनि पर्यटकको चहलपहल बढेको साना व्यवसायी संघका अध्यक्ष लेखराज निरौलाले बताए। धार्मिक पर्यटकीय क्षेत्र माईपोखरीमा समेत पर्यटकको चहलपहल बढेको देउराली होमस्टे समितिकी सदस्य लीलादेवी भट्टराईले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.