भारतीय विदेश सचिव गोरखा आउने

भारतीय विदेश सचिव गोरखा आउने

गोरखा : भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला शुक्रबार गोरखा आउने भएका छन्। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव हर्षवद्र्धनले शुक्रबार २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखा जाने जानकारी दिएका हुन्। गोरखामा भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका तीनवटा विद्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नम्बर १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका गोरखा जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए। 

विदेश सचिव हर्षवद्र्धन नेपाली सेनाको हेलिकोप्टरबाट गोरखा आउने कार्यक्रम रहेको सापकोटाले बताए। ‘तीनवटै विद्यालयमा पुग्न समय अभावका कारण महालक्ष्मी माविमा आयोजित एउटै कार्यक्रममा १२ बजे तीनवटै विद्यालय भवनको उद्घाटन तथा भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ’, सापकोटाले भने, ‘विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले संयुक्त रुपमा भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।’ 

सो समारोहमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल, भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी हुने कार्यक्रम रहेको उनले बताए।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको थियो। सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण हुदैछन्। 

सन् २०१८ को मार्च महिनादेखि लागु भएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन्।

भूकम्प प्रभावित बिभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन्। त्यस्तै १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ।

तस्बिर सौजन्य : भारत सरकारद्वारा सहयोग प्राप्त निजीआवास पुनर्निर्माण परियोजना, गोरखा।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.