विदेश सचिव सहभागी हुने कार्यक्रममा मन्त्री र सिइओ नआउने

विदेश सचिव सहभागी हुने कार्यक्रममा मन्त्री र सिइओ नआउने

गोरखा : भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला सहभागी हुने गोरखाको कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञावली सहभागी नहुने भएका छन् ।

कार्यक्रम तालिकामा वारियताक्रम नमिलेका कारण मन्त्री तथा सिइओले कार्यक्रम रद्ध गरेकाका हुन् । पुनर्निर्माण सम्पन्न भएका तीनवटा विद्यालय विदेश सचिव हर्षबद्र्धन, मन्त्री बस्नेत र सिइओ ज्ञावलीसंयुक्त रुपमा उद्घाटन तथा हस्तान्तरण हुने कार्यक्रम यसअघि तय भएको थियो । 

'उहाँहरु आउने कार्यक्रम थियो तर मन्त्रीज्यू र सिइओले व्यस्तताका कारण नआउने कुरा भयो, 'उद्घाटन हुने महालक्ष्मी माविका व्यवस्थापन समितिका अध्यक्ष शिव केशीले भने, 'खै किन कार्यक्रम रद्ध गर्नुभयो, भित्रि कुरा त थाहा भएन तर नआउने निश्चित हो ।' सिइओ ज्ञावलीले बुधबार कार्यक्रममा आउन नसक्ने बारे जानकारी गराएको र मन्त्री बस्नेत नआउनेबारे बिहीबार खबर आएको केशीले भने ।

कार्यक्रममा आसन ग्रहण तथा मन्तव्य राख्नमा वरियताक्रम नमिलेका कारण व्यस्तता देखाएर मन्त्री र सिइओले कार्यक्रम रद्ध गरेको स्रोत बताउँछ । कार्यक्रम तालिका बुधबार सार्वजनिक भएको थियो । शुभकामना मन्तव्य राख्नका लागि सिइओ ज्ञावली, मन्त्री बस्नेत र त्यसपछि सचिव हर्षवद्र्धनको नाम कार्यतालिकामा उल्लेख थियो ।

तर मन्त्री रामशरण बस्नेतले कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नपाएको बताए । 'आफ्नो गृहजिल्लामा विदेशी पाहुनलाई स्वागत गर्न पाउनु खुशीको कुरा थियो, तर मन्त्रालयको आन्तरिक कामले निस्कन सकिएन, 'मन्त्री बस्नेतले भने, 'अन्य चर्चा चलेको विषयका कारण नआएको होइन, म त्यस्तो चाहने मान्छे पनि होइन ।’

मन्त्री बस्नेत र सिइओ ज्ञावली नआउने भएपछि विद्यालयमा राख्न तयार गरिएको ताम्रपत्र पनि हतार हतार परिवर्तन गरिएको छ । परिवर्तित ताम्रमत्रमा मन्त्री र सिइओको नाम हटाएर विदेश सचिव हर्षवद्र्धन र पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाको नाम उल्लेख गरिएको अध्यक्ष केशीले जानकारी दिए ।

विदेश सचिव हर्षवद्र्धन र प्राधिकरणका सचिव सापकोटाले गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नं. १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका गोरखा जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.