आइपुग्यो मल

आइपुग्यो मल

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २९ हजार टन मल आइपुगेको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार १९ हजार टन डीएपी र १० हजार टन पोटास मल आइपुगेको हो। भारतीय सप्लायर इन्डियन पोटास लिमिटेड (आईपीएल) मार्फत साउदी अरेबियाबाट डीएपी र बेलारुसबाट पोटास खरिद गरिएको हो। दुवै मल कृषि सामग्री कम्पनीको भण्डारणमा आइपुगेको छ। 

यसबाहेक ३० हजार मेट्रिकटन युरिया दुबईस्थित स्विस सिंगापुर सप्लायरमार्फत चीनबाट खरिद गरिएको छ। उक्त मल बोकेको पानीजहाज कोलकाता आइपुगेको छ। रेलमार्फत कोलकाताबाट नेपालतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ। यो मल नेपाल आइपुग्न करिब तीन साता समय लाग्छ।

यस्तै, ७५ हजार टन डीएपी आउने क्रममा रहेको र ३० हजार टन डीएपीको खरिद प्रक्रिया अघि बढाइएको छ। त्यस्तै युुुरिया मल ५० टन पनि आउने क्रममा रहेको र ३० हजार टनको खरिद सम्झौता भएर एलसी खोल्ने क्रममा रहेको मन्त्रालयले दाबी गरेको छ। यसबाहेक थप ६० हजार टन युरिया खरिद लागि सप्लायरसँग सम्झौता गर्ने कार्य अघि बढाइएको छ। कृषि सामग्री कम्पनीले प्राप्त गरेको र खरिद प्रक्रियामा रहेको सम्पूर्ण मल गहुँबाली र आगामी सिजनमा प्रयोग हुने बताइएको छ।

शैलुङको दोस्रो ठेक्का पनि रद्द
कृषि सामग्री कम्पनीले निर्धारित गरेको समयमा युरिया मल नल्याउने शैलुङ इन्टरप्राइजेजको दोस्रो ठेक्का पनि रद्द गरेको छ। कम्पनीले कात्तिक २८ गते शैलुङको दोस्रो लटको ३० हजार टन युरिया मलको ठेक्का रद्द गरेको हो।  कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीका अनुसार साउन ४ गते शैलुङलाई उक्त ठेक्का दिइएको थियो। शैलुङले कात्तिक २२ गते उक्त परिमाणको मल कम्पनीलाई बुझाइसक्नुपर्ने थियो। ‘निर्धारित मितिमा मल ल्याउन नसक्दा उसको ठेक्का रद्द गरेका छौं’, प्रबन्ध सञ्चालक भण्डारीले भने। यो ठेक्काको धरौटीबापतको ४ लाख ६७ हजार २ सय ५० अमेरिकी डलरसमेत जफत गर्ने निर्णय गरेको छ। शैलुङ इन्टरप्राइजेज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको हो।

शैलुङले युरिया मल आयात गर्न तीन वटा ठेक्का हात पारेका थियो। वैशाख १२ मा २५ हजार टन युरिया, असार १८ मा २५ हजार टन युरिया र साउन ४ मा ३० हजार टन युरियाको ठेक्का कबोल गरेको थियो। असार १८ गतेको ठेक्काको मल आगामी पुसको पहिलो साता ल्याउनुपर्ने अवधि तोकिएको छ।

यसका साथै होनिको मल्टिप्रपोजले पनि २५ हजार टन युरिया मल आयातको लागि ठेक्का पाएका थियो। निर्धारित समयमा मल आयात नगरेको भन्दै कम्पनीले यसअघि वैशाख १२ गते २५ हजार टनको ठेक्का पाएको शैलुङको पहिलो लटको ठेक्का रद्द गरी धरौटी जफत गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.