राजतन्त्र कुनै हालतमा फर्किदैन : वरिष्ठ नेता पौडेल
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै हालतमा प्रतिगमन हुन नदिने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सानो दुःखले देशमा लोकतन्त्र नआएको भन्दै कुनै पनि नाममा राजतन्त्र नफर्कने दावी गरे ।
ईश्वर वा कसैको नाममा प्रतिगमन हुन सक्दैन, ' उनले भने,' राजतन्त्रका पक्षमा भएको आन्दोलनप्रति लक्षित गर्दै उनले यसले राजतन्त्र फर्काउन नसक्ने बताए। उनले लोकतन्त्र जोगाउने र परिष्कृत गर्ने आन्दोलन आवश्यक रहेको भन्दै त्यो तनहुँबाट सुरू गर्ने बताए । अहिले कम्युनिष्ट अधिनायकवाद लाद्न खोजिएको छ, उनले भने,' पञ्चायत र कम्युनिष्ट उस्तै देखिएका छन्।'
पौडेलले कांग्रेसको शासनमा नै धेरै विकास भएको दावी गर्दै अहिले सरकारले विकासमा जस लिन खोजेको जिकिर गरे। नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बाएका छन्।
वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवद्र्धन र अन्यायकाविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने बताए।