नेपाली कांग्रेसले दमौलीमा विरोध प्रदर्शन गर्दै

नेपाली कांग्रेसले दमौलीमा विरोध प्रदर्शन गर्दै

दमौलीः नेपाली कांग्रेसले बिहीबार दमौलीमा विरोध प्रदर्शन गर्दैछ । बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउ तथा नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप बुधबार घोषित कार्यक्रम अनुसार विरोध गर्न लागिएको हो ।

कार्यक्रममा पौडेलसहित जिल्लाका तीनजना केन्द्रीय सदस्यको सहभागिता रहने पार्टीले जनाएको छ । एकै फोरममा सहभागी हुने दुर्लभ अवसर यस घटनाले जुराएको छ । 

केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल तीनै जना कार्यक्रममा सहभागी हुन दमौली आइसकेका छन् । यसैगरी संविधान सभा सदस्यहरु ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, झुलबहादुर आलेसहित पनि कार्यक्रममा सहभागी हुनेछन् । दमौलीबाट विरोध  र्‍यालीपछि बुधबार तय भएर रोकिएको व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनमा सहभागी हुने तयारी गरिएको छ । 

निषेध छैनः प्रशासन

प्रशासनले बिहीबारका लागि निषेधाज्ञाको कार्यक्रम नरहेको बताएको छ । यसले सम्भावित झडप कम हुने ठानिएको छ । 'हिजो कार्यक्रम रोक्न पत्र आएको थियो,’ प्रजिअ सागर आचार्यले भने, 'आज हामीलाई कुनै त्यस्तो जानकारी छैन ।'

झडपको जोखिम नदेखिएमा आफूहरुलाई समस्या नहुने शंकेत प्रशासनको छ । सहायक प्रजिअ चित्रांगद बरालले भने, 'हाम्रो काम सुरक्षा दिने हो । झडप हुने नदेखिएमा थप केही हुँदैन ।'

नेकपाको भ्रातृ संस्था युवा संघले पनि कुनै कार्यक्रम नराखेको एक नेता बादल आलेले बताए । बुधबार तनावपूर्ण अवस्था देखिए पनि बिहीबार सम्भावित अवस्थासँग जुध्न जनपद र सशस्त्र प्रहरीको परिचालन भने बाक्लै गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.