‘गधा धोएर कहिल्यै गाई हुँदैन’

‘गधा धोएर कहिल्यै गाई हुँदैन’

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथिको आक्रमणले लोकतन्त्र लज्जित भएको टिप्पणी गरेका छन्। एक दिन अघि प्रहरी अवरोधका कारण उद्घाटन गर्न नपाएको व्यास १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्दै पौडेलले पुल उद्घाटन गर्न नदिएर संघीयतामा स्थानीय निकायको तेजोबोध गरेको बताए। 

‘यसले संघीयतामा स्थानीय निकायको तेजोबोध भएको छ,’ पौडेलले भने।

पुलिसको डण्डाले करङ दुःखेको र धेरै बोल्ने अवस्थामा नरहेको भन्दै पौडेलले पुलिसको दमनले कहिल्यै पनि नछाडेको बताए। ‘मलाई पुलिसको दमनले कहिल्यै पनि छाडेन,’ उनले भने,‘पुलिसको डण्डाले पेलेकाले बोल्न असजिलो भएको छ।’ अझै पनि लोकतन्त्र साकार गर्न बाँकी छ भन्ने यसबाट देखिएको भन्दै उनले लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने आह्वान गरे।

नेकपा नेतालाई कुलंगारको संज्ञा दिएका पौडेलले उनीहरुको हातबाट लोकतन्त्र र परिवर्तनको रक्षा नहुने दाबी गरे। कम्युनिस्ट सुध्रिने ठाउँ नभएको भन्दै उनले गधा धोएर जति धोए पनि गाई नहुने भन्दै कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताए। ‘गधालाई जति धोए पनि गाई हुन्न,’ उनले भने,‘कम्युनिस्टहरु कहिल्यै सुध्रिएनन्।’

पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारीले भोलि कांग्रेस फेरि सत्तामा आउने भन्दै त्यसबेलालाई ख्याल राख्न कर्मचारी र सत्ताधारी दललाई चेतावनी दिए ।

निषेधाज्ञा शब्दकै बेइज्जतीः गोविन्द भट्टराई

केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकारबाट निर्देशित मानिसले नियोजित रुपमा आक्रमण गरेको भन्दै निषेधाज्ञा शब्दकै बेइज्जती भएको भन्दै नैतिकवान सीडीयो भए जनतासँग माफी मागेर जिल्ला छाडेर जाने जिकिर गरे। 

कस्ता मान्छे सांसद बनेका छन् भन्दै उनले एउटा पुल उद्घाटनमा रोक्ने नभै १० वटा पुल बनाएर देखाइदिने बताए। 

भ्रष्टाचारीको संरक्षणकर्ता ओलीः प्रदीप पौडेल

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रशासनलाई नेकपाकरण गर्ने षड्यन्त्र भएको दाबी गरे।  अहिलेको नेतृत्वमा राजनीतिक संस्कार नभएका व्यक्ति भएको भन्दै उनले ठेकेदार र विचौलिया भएको आरोप लगाए। ‘सबैभन्दा धेरै भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रधानमन्त्री ओली हुनुहुन्छ,’ उनले भने। उनले तनहुँका सीडीओलाई संकेट गर्दै भने,‘सीडिओ साप अब तनहुँ बस्ने नैतिकता छैन।’

कार्यक्रममा उपस्थित आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायतले पनि सरकारको आलोचना गर्दै घटनाको निन्दा गरे।

पुल निर्माणमा प्रदेश सरकारको कुनै बजेट नभएको भन्दै उद्घाटनमा गरिएको अवरोध स्थानीय शासनमाथिकै अवरोध भएको स्थानीय प्रतिनिधिले आरोप लगाए। 

जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले तथा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणमा प्रदेश सरकारबाट रकम नै नपरेको भन्दै पुल उद्घाटनमा अवरोध गर्न खोजेर स्थानीय शासनमाथि अवरोध गरिएको आरोप लगाए।

अघिल्लो दिन नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन र प्रशासनको निषेधाज्ञा भए पनि बिहीबार भने कुनै अवरोध भएन। कांग्रेसले शक्ति प्रदर्शन गर्दै केन्द्रदेखि छिमेकका नेता उतारेको थियो। 

कांग्रेसका विभिन्न भागबाट आएका कार्यकर्ताले पुल उद्घाटन अघि दमौलीबाट र्‍याली निकाल्दै कार्यक्रमस्थलसम्म पु्गेका थिए।

दुई करोड ५४ लाख लागतमा दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको पुल उद्घाटन गर्न नदिने नेकपाको चाहना भए पनि उपभोक्ता समितिको सर्वसम्मत निर्णय र आफैंले बनाएकाले उद्घाटन गर्न पाउनुपर्ने पौडेलको चाहनापछि तनाव सिर्जना भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.