९ महिनादेखि बन्द मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने

९ महिनादेखि बन्द मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने

गोरखा : कोरोना महामारीको त्रासका कारण बिगत नौ महिनादेखि बन्द रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आउँदो आइतबारबाट खुल्ने भएको छ। 

मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत नौ महिनादेखि बन्द रहेको मन्दिर र केवलकार खुलाउने निर्णय गरेको समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

‘संस्कृति मन्त्रालयबाट मन्दिर खुलाउने बारे निर्णय गरेको परिपत्र प्राप्त भयो। सो पत्रको आधारमा मंगलबार बसेको सर्वपक्षीय बैठकले जिल्ला विपत व्यवस्थापन समितिसंग अनुमति लिएर आइतबारदेखि मन्दिर र केवलकार खुलाउने निर्णय भएको छ’, जोशीले भने, ‘मन्त्रालयको निर्णयअनुसार स्थानीय स्तरमा समन्वय गरेर र स्वास्थ्य प्रोटोकल पालना गरी अब मन्दिर खुल्छ।’ 

भक्तजनलाई मन्दिरभित्र प्रवेश गर्न नदिने, पश्चिमतर्फको झ्यालबाट देवीको दर्शन गराउने, पुजारीले पञ्जा र मास्कको प्रयोग गरी भक्तजनको पूजासामग्री ग्रहण गरी पूजा गर्ने लगायतका निर्णय भएको क्षेत्रविकास समितिका पूर्व अध्यक्ष दिनेश जोशीले जानकारी दिए। ‘मन्दिरका पुजारीको सुरक्षाका लागि सबै पूजा सामग्री प्याकिङ गरेर मात्र मन्दिरभित्र पठाउने, बली गर्न चाहने भक्तजनले बली पार्ने ठाउँमा टाढैबाट नाम, गोत्र भन्ने तथा अन्य व्यवहार गर्ने निर्णय भएको छ’, उनले भने।

स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, स्थानीयस्तरको उद्योग वाणिज्य संघको बजार इकाइसँग समन्वय गरी आउँदो आइतबारबाट केवलकार चलाउने तयारी गरिएको स्टेशन मेनेजर उज्ज्वल शेरचनले जानकारी दिए। 

मनकामना मन्दिर र केवलकार सञ्चालन गर्नेबारे जिल्लास्तरको विपत व्यवस्थापन समितिले मन्त्रालयमा यसअघि पनि सिफारिस गरी पठाएको थियो। ‘क्षेत्र विकास समितिको बैठकले मन्दिर र केवलकार खुलाउने निर्णय भएको जानकारी पाएँ। अब भोलि (बुधबार) बैठक बसी सञ्चालन अनुमति दिने निर्णय गर्नेछु’, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने।


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.