ठूलो परिणामको लागूऔषधसहित ६ जना पक्राउ

ठूलो परिणामको लागूऔषधसहित ६ जना पक्राउ

धरान : कोरोना भाइरसको महामारीमा अवैध लागूऔषध कारोवार गर्ने छ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले ठूलो परिणामको लागूऔषध बरामत गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका क्षेत्रबाट अवैध लागूऔषध कारोवार गर्ने एक भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए। 

भारत दरभंगा घर भएका २७ वर्षीय ओमप्रकाश यादव, सुनसरी इटहरीका सनम बस्नेत, सागर काफ्ले, अमर सरदार, प्रकाश सरदार र मोरङ जहदा गाउँपालिकाकाका उमेशकुमार मण्डललाई पक्राउ गरिएको एसपी थापाले बताए। 

पक्राउ परेका लागूऔषध कारोवारीबाट ट्रमाडोल क्याप्सुल १२ हजार ९ सय ६०  पिस, प्लान्कफ ३० बोतल, नाइट्राभेट एक हजार ६ सय ५० ट्याब्लेट र स्पास्पेन २ सय ४० क्याप्सुल बरामत गरिएको एसपी थापाले बताए। 

त्यस्तै पक्राउ परेकाकाको साथबाट ६ थान मोवाइल र ८ हजार ३५ रुपैयाँ नगदसमेत बरामत गरिएको उनले बताए। पक्राउ परेकालाई लागूऔषध कारोवार ऐन अन्र्तगत मुद्दा दर्ता गरेर जिल्ला अदालत सुनसरीबाट म्याद थप गर्दै अनुसन्धान थालिएको छ। पक्राउ परेका व्यक्ति र बरामत लागूऔषध बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.