सुनसरीको उल्टीमा सशस्त्रको बिओपी

सुनसरीको उल्टीमा सशस्त्रको बिओपी

धरान : चोरी, तस्करी र अबैध हतिहारको कारोवार, हत्या र अपहरणजस्ता अपराधिक क्रियाकलाप भइरहने सीमावर्ती क्षेत्र सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकाको उल्टी भन्ने स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरिएको छ । सरकारको स्वामित्वमा रहेको ७ कठ्ठा जमिनमा पक्की भवन निर्माण सम्पन्न गरी विओपीको स्थापना गरिएको हो । 

सरकारले सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले स्थापना गरेको बिओपी कार्यालयको उद्घाटन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले उद्घाटन गरेका छन् । 

बोर्डर आउट पोष्ट उद्घाटन गर्दै पौडेलले सरकारको नीति अनुसार सीमाक्षेत्रको सुरक्षा व्यबस्था मजबुत बनाइ चोरी तस्करी, अबैध हतियारको कारोवार बन्द गर्ने र सीमा क्षेत्रको संरक्षण गर्न बिओपीको स्थापना गरिएको बताए ।

उनले सशस्त्र प्रहरीलाई आर्थिक प्रलोभनमा नपरी नेपाली भूमिको रक्षा र सीमा क्षेत्रका वासिन्दाको भरपर्दो शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । 

उल्टीमा बोर्डर आउट पोष्ट स्थापना भएसंगै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक गस्ती र निगरानी बढाएको सशस्त्र प्रहरी गण ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताए । 

उनले सुनसरीमा १० औं बोर्डर आउट पोष्ट स्थापना भएसँगै यसक्षेत्रको शान्तिसुरक्षा मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।  बोर्डर आउट पोष्ट स्थापनासँगै  सुनसरीमा हुने चोरी तस्करी, अवैध हतियारको कारोवार, लागुऔषधको कारोवार, अत्या अपहरण जस्ता जघन्य अपराधिक गतिविधि नियन्त्रणमा थप मद्धत पुग्ने सप्रउ पौडेलको भनाइ छ । 

सरकारको ७ कट्ठा जग्गा क्षेत्रफलमा स्थापना गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा हतियारसहितका २६ जना सशस्त्र प्रहरी परिचालन गरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.