बिजनेश भिसामा आएर धर्मप्रचार

बिजनेश भिसामा आएर धर्मप्रचार

गोरखा : बिजनेश भिसामा आएर गोरखामा धर्म प्रचार गर्दै हिंड्ने ताइवानी नागरिक मेङसेन चेङलाई गोरखाबाट निश्काशित गरेलगत्तै अर्का ताइवानी नागरिक गोरखामा धर्मप्रचार गरिरहेका छन्।

करिब ५५ वर्ष बताउने हङमिङ हङ संगठित रुपमा धर्म प्रचारमा लागेका हुन्। उनी गोरखा नगरपालिका ७ रोहटेपानीस्थित नेपाल मगर संघको कार्यालय भवनको माथिल्लो तलामा डेरा जमाएर बसेका छन्।

‘तिहार सकिएलगत्तै गत कात्तिक महिनादेखि आएका हुन्। मगर संघको सबैभन्दा माथिल्लो तलामा डेरा गरेर बस्छन्’, स्थानीय एकले भने, ‘त्यहाँ आसपासका ३०-३५ जनालाई बोलाएर चिनियाँ भाषा सिकाउँछन्। तावा धर्म प्रचार गर्छन्।’ विभिन्न गाउँ डुलेर धर्म प्रचार गर्ने गरेको उनले बताए। उनी ताव धर्मका माथिल्लो तहका धर्मगुरु समेत रहेको स्रोतले जनाएको छ।

धर्मगुरु हङलाई गोनपा ७ खिरेपानीकी विन्दू श्रेष्ठलगायत दुईजनाले साथ दिने गरेका छन्। बिजनेश भिसामा आएर काठमाडौंमा मुकाम गरी गोरखामा धर्म प्रचार गर्नु सरासर अवैध हुने गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई बताउँछन्। उनको खोजी गरी अध्यागमन पठाउने प्रजिअ भट्टराईले बताए।
‘जुन भिसामा आएका छन्, त्यो भन्दा फरक काम गर्न पाइँदैन। यस्तै काम गर्ने एकजनालाई हामीले तत्काल गोरखा छोड्नू भन्यौँ। छोडेर गए। फेरि अर्का आएका रहेछन्’, प्रजिअ भट्टराईले भने, ‘हामी प्रहरी परिचालन गरी उनको खोजी गरी उनलाई पनि अध्यागमन विभाग पठाउँछौं।’

गत चैतभन्दा अघि उनीहरुको काठमाडौंको बानेश्वरमा हङजिङ होटल थियो तर अहिले सो बन्द भइसकेको छ। होटल बन्द गरी ताइवानीहरुको टोली तावा धर्म (लाफिङ वुद्ध) प्रचार तथा चिनियाँ भाषा सिकाउनमा व्यस्त रहेका छन्।

गोरखा नगरपालिकाको गैरीकुवामा तावा धर्मको गुम्बा निर्माण आरम्भ भएको थियो, तर जग्गा विवादका कारण सो गुम्बा निर्माणको काम वर्षौँदेखि अलपत्र परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.